म्यादी । नेकपा एमाले म्याग्दी र बेनी नगर कमिटीले विभिन्न कार्यक्रमको आयेजना गरि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवस मनाएका छन ।
पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा स्व. पुष्पलालको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले नेपालमा कम्युनिष्ट आन्दोलन र देशको परिवर्तनमा पुष्पलालले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रम एमाले जिल्ला अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, एमाले जिल्ला कमिटी, अनेमसंघ, युवा संघ र अनेरास्ववियुका नेता, कार्यकर्ता तथा एमालेबाट निर्वाचित विभिन्न तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको एमाले म्याग्दीका उपसचिव थमसरा पुनले बताउनुभयो ।
यसैगरि ४४ औं पुष्पलाल स्मृति दिवसकै अवसरमा शनिबार नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा वृक्षारोपण गरिएको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत मङ्गलाघाट क्षेत्रमा पर्ने सडकको डिलमा कल्कीफुल, धुपी, सल्लासहित विभिन्न प्रजातिका करिब ६० वटा विरुवाहरु रोपिएको एमाले बेनी नगर कमिटीका सचिव सुवास विश्वकर्माले जानकारी दिनुभयो । बेनी बजार र मंगलाघाटको विचमा रहेको उक्त सडकलाई हरभरा र सुन्दर बनाउनका लागि कम्युनिष्ट नेता पुष्पलालको स्मृतिमा विरुवा रोपिएको सचिव विश्वकर्माले बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, बेनी नगर कमिटी उपसचिवद्वय हिराबहादुर थापा र लक्ष्मण केसीसहित एमाले जनप्रतिनिधि, नेता एवं कार्यकर्ताले वृक्षारोपण गरेका थिए ।
१९१८ असार १५ गते रामेछाप जिल्लाको भँगेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गतेका दिन भारतको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको थियो ।