बेनी । म्याग्दीको बेनीबाट संचालित क्योदाई एजुकेशन कन्सल्टेन्सीले आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा शनिबार बेनीको होटल शिखरमा एक कार्यक्रमको आयोजना गरि उत्सव मनाएको हो ।
कन्सल्टेन्सीको संस्थापक अध्यक्ष विमलराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्ययन र रोजगारीको शिलशिलामा जापान जान चाहनेहरुका लागि लक्षित गरेर प्रशिक्षण समेत दिइएको थियो ।
क्योदाई एजुकेशन कन्सल्टेन्सिबाट भाषा अध्ययन तथा भिजा प्रोसेस गरेर यो अवधिमा हाल सम्म १९ जना जापान गईसकेको कन्सल्टेन्सीको संचालक÷प्रवन्ध निर्देशक नविन खत्रीले जानकारी दिनुभयो । साथ वार्षिक उत्सवकै दिन जापानको सेन्डाईमा पनि सम्पर्क कार्यालय संचालनमा ल्याईएको खत्रीले बताउनुभयो ।
बेनीमै केन्द्रिय कार्यालय रहेको र सवै प्रक्रिया यहिँबाट पुरा गरि सिधै जापान जान सकिने भएकोले क्योदाई उपयुक्त कन्सल्टेन्सी भएको खत्रीले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले अध्ययनका लागि जापान जान आवश्यक प्रक्रिया तथा त्यहाँ पुगिसकेपछि अध्ययन र रोजगारको अवस्थाको बारेमा समेत जिज्ञासा राखेका थिए ।
विद्यार्थी तथा अन्य गरि १ सय १० जना भन्दा बढि सहभागी कार्यक्रममा गण्डकी प्रदेशका युवा व्यवसायीहरु लोक राई र राजु ज्ञवालीको पनि विशेष उपस्थिति रहेको थियो । कार्यक्रम कन्सल्टेन्सीका संचालक खत्रीको अध्यक्षता, भाषा प्रशिक्षक शुशिल खड्काको स्वागत र सन्तोष कुँवरको संचालनमा सम्पन्न भएको थियो ।