मन्त्रालयले पठाएको प्रशासकीय अधिकृतलाई मंगलाले फिर्ता पठायो

म्याग्दी । मंगला गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ ।

मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुग्नुभएको थियो ।

‘साउन ५ गतेको निर्णय अनुसार मंगला गाउँपालिकामा सरुवा भएको रमना पत्र लिएर हाजिर हुन गएको थिएँ । तर गाउँपालिका अध्यक्षले मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो,’ उहाँले भन्नुभयो ।

बागलुङको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मंगलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्केका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मन्त्रालयले पालिकासंग कुनै पनि समन्वय नगरेरै अधिकृत पठाएकाले फिर्ता गरेको बताउनुभयो ।

मंगलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

You can share this post!

अर्थमन्त्रीमा पुन जनार्दन शर्मा नियुक्त, साढे ५ बजे सपथ

साहित्यकार सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन

Related posts