सुख्खा पहिरोले बेनी– जोमसोमको सिधा यातायात अवरुद्ध

म्याग्दी । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरो गएको छ। बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिब ११ बजे पहिरो गएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो।

काभ्रेभीर सडकको सिमाना नजिक मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोलेसडक पुर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी फराकिलो स्थानमा भएकाले कालिगण्डकी नदी थुनिने खतरा नरहेको आयोजना प्रमुख प्रजापतीले बताउनुभयो ।

काभ्रेभीर सडक माथिबाट चट्टान र माटो खसेको हो। सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, पहिरो रोकिएपछि सडक खुलाउने पहल गर्नेछौ प्रजापतिले भन्नुभयो, ‘हामीले आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउनतर्फ लाग्छौ, एक दुई दिनमा सडक खुल्न सक्छ’।

यसअघि मुस्ताङको थासाङ गाउँपालिका–३ कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य धनजनको क्षति नभएको आयोजना प्रमुख प्रजापतीले बताउनुभयो ।

You can share this post!

बेनी नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

रुमको तामेङमा गएको पहिरोमा परि दुईको मृत्य, तीन जना वेपत्ता

Related posts