गलेश्वरमा साउनको तेस्रो सोमवार तीन लाख सात हजार भेटी संकलन

म्याग्दी । बेनी नगरपालिका – ९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउनको तेस्रो सोमवार भक्तजनहरुबाट चढाईएको भेटी सार्वजनिक गरिएको छ । मंगलवार विहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिरमा संकलन भएको भेटी गनिएको हो ।

सोमवार भक्तजनहरुद्वारा मन्दिरमा पुजाआजाका क्रममा चढाएको भेटी तीन लाख सात हजार तेह्र रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिनुभयो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा राखिएको थियो । मंगलबार विहानै मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी, आमा समुह, प्रहरी र स्थानीयको रोहवरमा गनेर सार्वजनिक गरिएको कोषका सदस्य गौमाया गर्वुजाले बताउनुभयो ।

गलेश्वमा मन्दिरमा संकलन भएको भेटी ठुला पर्वमा भोलिपल्टै र नियमित रुपमा महिनाको २ पटक गन्ने गरिन्छ ।

You can share this post!

रुम पहिरो अपडेटः बेपत्ता भएका ३ जनाको शव भेटियो, एकै परिवारका ५ जनाको मृत्यु

नागरिकता विधेयक फिर्ताको मागसहित क्षत्री समाजले ज्ञापनपत्र बुझायो

Related posts