विममा प्राविधिक धारका विद्यार्थीहरुद्वारा भैंसीको पेटमा अड्किएको पाडो निकालियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका – ७  विममा भैंसीको पेटमा अड्एिको पाडो निकालिएको छ । किसानी मावि, प्राविधिक शिक्षालयको पशु विज्ञान धारतर्फका विद्यार्थीहरुले उक्त भैंसीको पाडो निकाली सफल तरिकाले सुत्केरी गराएका हुन ।

बनसारका भुपेन्द्र शर्माको पहिलो बेते भैंसी सुत्केरी विमार लागेको १ दिनभरिमा पनि व्याउन नसकेको जानकारी प्राप्त भएपछि किसानी माविको समन्वयमा प्रशिक्षक डा. रोशन बानियाँ र प्रशन्न पोखरेलको नेतृत्वमा बालि विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको टोली त्यहाँ पुगेर डिस्टोकिया (युटेराइन टर्सन) भएको भैंसीलाई सुत्केरी गराउन सफल भएको प्राविधिक शिक्षालयका संयोजक करन कँडेलले जानकारी दिनुभयो ।

‘संयोजक कँडेलका अनुसार पाठेघरमा पाडो उल्टो बसेकाले भैंसी सुत्केरी हुन नसकेको हो । भैंसी सुत्केरी हुँदाको यो निकै जटिल अवस्था हो, हाम्रो टिमले हात हालेर पाडो निकाल्न सफल भएको छ, समयमै यस्तो कार्य गर्न नसकिएको भए भैंसीको ज्यानै जान सक्थ्यो ’, संयोजक कँडेलले भन्नुभयो ।

प्राविधिक शिक्षालयका विद्यार्थीहरुले सफल रुपमा भैंसीको सुत्केरी गराईदिएपछि शर्मा खुसि हुनुभएको छ । मैले त करिव आश मारेको थिए, धन्न उहाँहरु बेलैमा आउनुभयो भैंसीलाई बचाउन सकियो शर्माले भन्नुभयो, “अहिले भैंसी र पाडोको अवस्था ठिक छ, किसानी माविले मलाई ठुलो सहयोग पु¥यायो” ।

विद्यालयले कृषि तथा पशु क्षेत्रमा समुदाय संग समन्वय तथा सहकार्य गर्ने र बिषय संग सम्वन्धीत गतिविधिमा समुदायलाई सघाउने नीति बनाएको प्रधानाध्यापक जंग बहादुर गर्वुजाले बताउनुभयो ।
हाल विद्यालयमा डिप्लोमा कृषितर्फ ५१ ज्ना, डिप्लोमा पशु तर्फ ६० जना र प्री –डिप्लोमा तर्फ ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन ।

म्याग्दी सहित बागलुङ, पर्वत, मुस्ताङ, कास्की, तनहुँ, स्याङ्जा, धनुषा, सिराहा, कालिकोट, सुर्खेत, धादिङ लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु अध्ययनका लागि आएका छन ।

किसानी माविको प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि प्राक्टिकलको राम्रो व्यवस्था रहेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले अध्ययनकै अभ्यासको क्रममा च्याउ खेती, आलु खेती, किभी खेती, धान, उत्पादन, कुखुरापालन, माछापालन, बंगुरपालन लगायत संचालन गरि आम्दानी समेत गर्दै आएका छन ।

विद्यालयमा प्राविधिक शिक्षातर्फ शैक्षिक सत्र २०७९÷८० का लागि नयाँ भर्ना खुल्ला गरिएको छ । ३ बर्षे कृषि बाली बिज्ञान, ३ बर्षे कृषि पशु विज्ञान र १८ महिने कृषि जेटिए मा नयाँ भर्ना खुलेको विद्यालयले जनाएको छ । साथै शिक्षा संकाय तर्फ पनि कक्षा ११ मा भर्ना खुलेको छ ।

 

 

You can share this post!

रुम घटना प्रति समन्वय प्रमुख थापाद्वारा दुख व्यक्त

म्याग्दीकाली संचार सहकारीद्वारा मेयर केसीलाई बधाई ज्ञापन

Related posts