नेपाल जेसीजको आगामी क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा

म्याग्दी । नेपाल जेसीजको बर्ष २०२३ को क्षेत्र ‘ख’ सम्मेलन म्याग्दीमा हुने भएको छ । भदौ ३ र ४ गोरखा जेसीजको आतिथ्यतामा सम्पन्न क्षेत्र ख सम्मेलनबाट आगामी बर्षको सम्मेलनका लागि म्याग्दी छनौट भएको हो ।

स्थान छनौट गर्ने निर्धारित समयमा म्याग्दी जेसीजको मात्रै प्रस्ताव पेस भएपछि सर्वसम्मत रुपमा आगामी बर्षको क्षेत्रीय सम्मेलनको आतिथ्यता गर्ने अवसर म्याग्दी जेसिजले पाएको हो ।

सम्मेलनमा म्याग्दी जेसीजको तर्फबाट शाखा अध्यक्ष सन्दिप खत्रीले नेपाल जेसीजका लागि उक्त प्रस्ताव पेस गर्नुभएको थियो भने संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले सम्मेलनको प्रस्तावित कार्यक्रम विवरण पेस गर्नुभएको थियो ।

म्याग्दी जेसिजको प्रस्तावलाई नेपाल जेसीजले स्वीकृत गरेसंगै म्याग्दीमा आगामी बर्ष क्षेत्र ‘ख’ सम्मेलन हुने निश्चित भएको म्याग्दी जेसीजका शाखा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । म्याग्दी जेसीजले पेस गरेको प्रस्तावमा आगामी बर्षको जेठ १५ र १६ गते म्याग्दी सदरमुकाम बेनीमा क्षेत्र ख सम्मेलन गर्ने मिति तोकिएको छ ।

उक्त सम्मेलनमा म्याग्दी जेसीजका पूर्व अध्यक्षहरु तथा वर्तमान समितिका पदाधिकारी एवम सदस्यहरु समेतको सहभागीता रहेको थियो । म्याग्दी जेसिजको आतिथ्यतामा सन २००७ मा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको बेनीमा आयोजना भएको थियो ।

गोरखा सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री सक्रिय शाखा अध्यक्ष पुरस्कारबाट पुरस्कृत हुनुभएको छ भने अन्तरसदस्य बक्तृत्वकला प्रतियोगितामा शाखा सम्पादक दिनेशकुमार विश्वकर्मा प्रथम हुन सफल हुनुभएको छ ।

क्षेत्र ‘ख’ मा देशका विभिन्न स्थानका ३९ वटा शाखाहरु आबद्ध रहेका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससंगै सामाजिक कार्यहरुमा सक्रिय जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दीमा हुँदा यहाँको धार्मिक तथा पर्यटन प्रवद्र्धन संगै स्थानीय उत्पादनको प्रचार प्रसारमा टेवा पुग्ने जेसिजले जनाएको छ ।

You can share this post!

ईच्छा स्मृति ५ औँ एभरग्रीन कपको उपाधि आयोजकलाई

भलिबल संघद्वारा खेलकुद मन्त्री गुरुङलाई स्वागतः राष्ट्रिय खेल म्याग्दीमा खेलाउन माग

Related posts