मंगोलबाट प्रतिनिधिसभामा ओमराज मगरको नाम सिफारिस

म्याग्दी । मंगोल नेशनल अर्गनाईजेशनले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको बैठकबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ओमराज मगरको नाम सिफारिस गरिएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकम सिवाङ निवासी ३१ वर्षिय मगर कराँतेबाट अन्तराष्ट्रिय खेलमा सहभागी भएका खेलाडी समेत हुनुहुन्छ ।

उहाँले आफ्नो योजना र भिजन सहितको उम्मेदवारी प्रस्तुत गरेपछि प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले समेत मगरलाई नै समर्थन गरेका थिए । प्रतिनिधिसभा सदस्यका लागि मंगोलबाट उहाँको मात्र नाम सिफारिस भएकाले उहाँनै उम्मेदवार बन्ने निश्चित भएको छ ।

त्यस्तै प्रदेशसभा क को प्रत्यक्षतर्फ अन्नपूर्ण गाउँपालिका –६ खिवाङका राम बहादुर गर्वुजाको नाम सिफारिस भएको छ । प्रदेशसभा ख को प्रत्यक्षतर्फको उम्मेदवारमा कुल बहादुर फगामी र मन बहादुर मगरले दावी गर्नुभएको जिल्ला समितिका अध्यक्ष डिके पुनले बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा रन बहादुर फगामी, प्रदेशसभातर्फ एलिना शेरपुञ्जा पुर्जा, नर बहादुर थापा र मिनु थापालाई सिफारिस गरिएको छ । उम्मेदवार सिफारिस संगै पार्टीले चुनावी योजना तथा रणनीति सहितका कार्यक्रमहरु तय गरेको जिल्ला अध्यक्ष पुनले बताउनुभयो ।

पहिलो पटक स्थानीय तहको चुनावी मैदानमा उत्रिएको मंगोल नेशनल अर्गनाइजेशनले विगतको कमिकमजोरीलाई सुधार गर्दै आसन्न संघ र प्रदेशको निर्वाचनमा विशेष योजना बनाएर अघि बढ्ने बताएको छ । स्थानीय निर्वाचनमा सहभागी भएयता संगठनमा जनताहरुको आर्कषण समेत बढेको मंगोलले जनाएको छ ।

You can share this post!

प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा एमालेबाट २५ जना उम्मेदवार आकाङ्क्षी

अखिल र युवा संघले बेनी अस्पतालका ठेकेदार हराएको सूचना जारी गरे

Related posts