म्याग्दी । म्याग्दीको बेनी अस्पताल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्य उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पतालले ७८ अंक प्राप्त गरि उत्कृष्ट बन्न सफल भएको हो ।
न्युनतम सेवा, मापदण्ड, अस्पतालको गतिविधि अभिलेखीकरण, थप सेवा, नागरिक वडापत्र, विपद प्रतिकार्य योजना, प्रसुति सेवाको अवस्था, नियमित समिक्षा, समुदाय स्तरमा सेवा विस्तार लगायतका १५ सुचकमा बेनी अस्पतालले १०० पूर्णाङ्कमा ७८ अंक ल्याएको अस्पतालका प्रमख डा. जितेन्द्र कँडेलले बताउनुभयो ।
कोरोना संक्रमणको जटिल अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि गरिएको उल्लेख्य गतिविधि र निर्माणाधिन ५० शैयाको अस्पताल अलपत्र पर्दा समेत अस्थायी संरचनाबाट प्रदान गरिएको सेवा, सेवाग्राहीलाई सहज रुपमा गुणस्तरीय सेवा प्रवाह गर्नका लागि समेत बेनी अस्पतालले गरेको हरदम प्रयासले मूल्याकनमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
निरन्तर रुपमा यस्तै उपलव्धी हासिल गर्ने गरि काम गछौँ, अध्यक्ष सुवेदीले भन्नुभयो, अस्पतालको नयाँ भवन निर्माण भएमा धेरै सहज हुनेथियो । पाप्त नजिताले अस्पतालबाट प्रवाह हुने सेवालाई आगामी दिनहरुमा अझै व्यवस्थित बनाउने उर्जा प्राप्त हुनुका साथै थप जिम्मेवार बन्न अभिप्ररित गरेको प्रमुख डा. कँडेलले बताउनुभयो । सफलता प्राप्तीका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अस्पताललाई सहयोग गर्ने सवैलाई अस्पतालले धन्यवाद समेत प्रकट गरेको छ ।