म्याग्दी । गण्डकी प्रदेशमा आयोजना हुन गइरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो खेल म्याग्दीमा संचालन हुने भएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको खेल तालिका अन्तर्गत आगामी असोज २८ देखि कार्तिक २ गते सम्म महिला भलिबल र असोज २७ देखि कार्तिक २ गते सम्म तेक्वान्दो प्रतियोगिता बेनीमा संचालन गरिने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।
राष्ट्रिय महिला भलिबल खुल्लामञ्चमा र तेक्वान्दो खेल कवर्डहलमा संचालन गरिने छ । राष्ट्रिय खेलकुदको नवौँ सस्करण सम्म आईपुग्दा म्याग्दीलाई पहिलो पल्ट राष्ट्रिय खेल संचालन गर्ने अवसर प्राप्त भएको अध्यक्ष केसीले बताउनुभयो ।
राष्ट्रिय महिला भलिबलको टिम क्याप्टेन अरुणा शाही जन्मेको जिल्लाले पहिलो पल्ट राष्ट्रिय खेल संचालन गर्ने मौका पाएको छ, यो समग्र जिल्लाकै लागि गर्वको विषय हो, अध्यक्ष केसीले भन्नुभयो ।
उहाँका अनुसार खेलाडी तथा अफिसियलहरुलका लागि होटल व्यवस्थापन, खेल संचालनका लागि खुल्लामञ्च तथा कवर्डहल व्यवस्थापनका कार्य तथा प्रचार प्रसार सहित आवश्यक तयारी सुरु गरिएको छ ।
दुवै खेलमा ७ वटा प्रदेश, तीन वटा विभागीय र एनआरएनए गरि ११ वटा समुहको सहभागीता रहने छ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष समेत रहनुभएका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले म्याग्दी जिल्लामा राष्ट्रिय महिला भलिबल खेल परेकोमा खुसी व्यक्त गर्नुभएको छ । ‘राष्ट्रिय खेलाडी उत्पादन गरेको जिल्लामा राष्ट्रिय खेल खेलाउन पाएका छौँ, सवै जिल्लाबासी मिलेर प्रतियोगिता सफल बनाउनुपछर्, बानियाँले भन्नुभयो ।
प्रतियोगितामा खेलाडी र अफिसियल गरिव ५ जना जिल्ला बाहिरबाट आउने छन । अध्यक्ष केसीले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गराउनका लागि जिल्लाका स्थानीय तह, संघ संस्था, भलिबल संघ, तेक्वान्दो संघ, क्लवहरु लगायत जिल्लाबासीहरुमा आवश्यक सहयोगको आव्हान समेत गर्नुभएको छ ।