म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा स्थित श्री महेन्द्र रत्न मा.वि.मा स्थापना भएको बरंजा भूपू विद्यार्थी क्लवको अध्यक्षमा प्रकाश सापकोटा चयन हुनुभएको छ । सोमवार विद्यालयमा आयोजित क्लवको सातौँ अधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
क्लवको नवगठित कार्य समितिको उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा – केपी), लेखनाथ रोका, राजेन्द्र आचार्य, सचिवमा गणेश खत्री, सहसचिवमा खेमलाल सापकोटा र कोषाध्यक्षमा दिप बहादुर पुन चयन हुनुभएको छ ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा छक प्रसाद श्रेष्ठ, एनिशा रोका, सृजना रोका, बयन्ती रोका, सुरज विश्वकर्मा र चन्द्रा बुढाथोकी चयन हुनुभएको निवर्तमान अध्यक्ष टक बहादुर थापाले जानकारी दिनुभयो ।
सातौँ अधिवेशन, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम प्रमुख अतिथि मंगला –३ का वडा अध्यक्ष याम रोकाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष टक थापा, पूर्व अध्यक्ष शंकर बुढाथोकी, दिपक सापकोटा विद्यालयका प्रअ कृष्णलाल सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विलभ थापा लगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले महेन्द्र रत्न मा.वि.का पूर्व विद्यार्थीहरुलाई एकताबद्ध गराउने, हाल विद्यालयमा अध्ययनरत विद्याथीहरु संग प्रत्यक्ष जोडिएर विविध कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्ने समेत योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा लोकसेवा आयोग उतिर्ण भूतपूर्व विद्यार्थीहरु शंकर बुढाथोकी, दिपक सापकोटा, किरण सापकोटा, याम बहादुर रोका, लेखनाथ रोका, बालकृष्ण बुढाथोकी, मुना सापकोटा, याम बहादुर विकलाई सम्मान गरिएको थियो । त्यसैगरि शिक्षक सेवा आयोग उतिर्ण भूतपूर्व विद्यार्थीहरु डेक बहादुर थापा, तुलसी रोका, कृष्ण प्रसाद सापकोटा, चित्र रोका, निलकुमारी रोका लगायतलाई सम्मान पत्र सहित सम्मान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
कार्यक्रममा सफल कृषक रेशम बुढाथोकी र भिम पूर्जा, राष्ट्रपति कपको क्षेत्रीय खेलमा सहभागी विद्यार्थीहरु र विद्यालयबाट एसईई र उच्च माध्यामिक तह उतिर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरिएको क्लवले जनाएको छ ।