सातौँ म्याग्दी महोत्सवः पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी तिव्र

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको आयोजना २८ पुस देखि ७ माघसम्म संचालन हुने सातौँ म्याग्दी महोत्सवमा पालिकास्तरी पुरुष तथा महिला भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । भलिवलसंगै पुरुष बास्केटबल, दोहोरीगीत प्रतियोगिता, गण्डकी लोकतारा प्रतियोगिता, पुख्र्यौली नाँच, एकल नृत्य, रत्यौली, छेलो फाल्ने, लठो तान्ने, लगायतको प्रतियोगिता महोत्सवमा आयोजना हुने भएको हो ।

महोत्सवमा पालिका स्तरीय भलिवल प्रतियोगितामा प्रथम, द्वितिय हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित ८८ हजार ८८८ रुपैयाँ र ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महिला भलिबलमा प्रथम द्वितिय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित रु ५५ हजार ५५५ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार विजेताले पाउनेछन् ।

खेलकुद गतिविधि संचालनका लागि जिल्ला खेलकुद विकास समिति अन्तर्गत विधागत संघहरुलाई जिम्मेवारी दिईएको छ । पालिका स्तरीय भलिबल व्यवस्थापनको जिम्मेवारी पाएको म्याग्दी जिल्ला भलिबल संघले तयारीलाई तिव्र बनाएको छ जनाएको छ । संघका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लाका पालिकाहरुमा खेलाडी छनौट तथा बाहिरी जिल्लाका पालिकाहरुको खेलाडीहरुलाई निमन्त्रणा गर्ने कार्य भईरहेको बताउनुभयो । मंगला गाउँपालिकाले खेलाडी छनौट गरेर अभ्यासमा जुटेको संघका महासचिव कुमार किसानले बताउनुभयो ।

महोत्सवको लोकप्रिय कार्यक्रमको रुपमा रहेको लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश एक लाख ११ हजार १ सय ११ रुपैयाँ र ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । एक समुहमा २÷२ जना केटाकेटीको सहभागि हुने छन् । पहिलो चरण पार गर्ने लोकदोहोरी कलाकारले दैनिक २ हजार भत्ता पाउने छन् ।

माघे संक्रान्ति पर्वको अवसरमा आयोजित सातौँ म्याग्दी महोत्सव तथा गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ को तयारी तथा प्रचारप्रसारलाई तिव्र पारिएको छ । खुल्ला मञ्चमा स्टल निर्माणका कार्य सुरु भएको छ । भने हाल बेनी दरवाङको टिकट काउन्टर तथा बसपार्क रहेको स्थानमा रमाईलो भेला तथा बालउद्यान निर्माण गर्ने कार्य भईरहेको छ । त्यस्तै महोत्वसलाई सफल पार्नका लागि बेनी बजारमा ध्वजा पताका तथा तुल व्यानरहरु राख्ने कार्य पनि सुरु भएको छ ।

You can share this post!

सौगात बहुउद्देश्यीय सहकारीको १३ औं वार्षिक साधारणसभा

बेनी खानोपानीको २३ औँ साधारणसभाः २० हजार जनसंख्या लाभान्वित

Related posts