ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ । बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो ।

काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो । मेयर केसीले ग्रामिण क्षेत्रमा बसोबास गर्नेलाई वित्तिय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको बिकास गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र बेनीबजार बाहेक पहिलोपटक बाणिज्य बैंकले तातोपानीमा स्थापना गरेका एक्सटेन्सन काउण्टरले जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तकिर तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य प्रेम पुन, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बाणिज्य बैंकले सेवा विस्तारले स्थानीयबासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।

सोही अवसरमा ग्लोबल आइएमई महेश सिलवालले सबै जिल्ला र ब्यापारिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तिय पहुँचमा राख्ने बैंकको लक्ष्य अनुसार अगाडी बढेको बताउनुभयो । तत्काल काउण्टरको रुपमा सञ्चालन गरेपनि निकट भविश्यमा शाखा नै संचालन गर्ने उद्देश्य रहेको बताउनुभयो । कार्यक्रम बेनी शाखा प्रबन्धक शोकेन्द्र थापाको अध्यक्षता, स्वागत प्रदेश प्रमुख इश्वरीप्रसाद जोशी र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको सञ्चालन संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आइएमईले बैंक अफ काठमाण्डौलाई मर्जर गरेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । हाल देशरभर देशभर ३६५ शाखा, २ सय २१ शाखरहित सेवा, ३ सय ६९ स्थानमा एटिएम र विदेशमा ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय रहेको छ ।

 

 

 

 

You can share this post!

चिमखोलाको अमर माविमा कम्प्युटर ल्याब स्थापना

मालिकाको दरबाङमा सार्वजनिक सुनुवाईः विकासमा नागरिकलाई सहभागी बनाउनुपर्नेमा जोड

Related posts