स्पाइन मुस्कुलर थेरापी ( एसएमई–१ ) रोगका कारण जीवन मरणको दोशाधमा पुगेही १३ महिनाकी सियोना श्रेष्ठ बालीकालाई सहयोग प्रदान भएको छ । नेपालको भैरहवा घर भै एसएमई रोगका कारण पोल्याण्ड उपचार रत उक्त बालिका लाई ह््जशीक्स् टिकटक अनलाइन गुरुप ले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत संकलन भएको तिन लाख ६८ हजार रुपैयाँ सहयोग प्रदान भएको हो ।
गत कार्तीक ७ गते देखि सञ्चालन गरेको सियोना बचाउ अभियान गत मंसिर ७ गते समापन गरेको बाँउँदै अभियानका क्रममा उठेको उक्त रकम सहयोग गरेको गुरुपका एडमिन अमर छन्त्यालले बताउनु भयो ।
सो गुरुप अन्तगर्गत बहराइनमा राम गर्बुजा, टंक लिम्बु, रितु लामा, रन्जु राई, चक्र हमाल, समीर, जमील मेहर, सुमिना राई, गोबिन् मगर, सन्ध्या बुढाथोकी, निर्मल लिम्बु, राजेश थापा, रमेश पुन, रबिना पाईजा, प्रदेशी मोहन, सन्तोष खड्का, सिता तामाङ, मुना मगर, अर्जुन खरेल, प्रेना राई, भक्त सिन्जली, आशिस मोक्तान र सुरेश विश्वकर्मा बाट संकलन भएको एक लाख ८३ हजार ८ सय त्यसैगरी कतारमा दिनेश श्रेष्ठ, सुमित कार्की, राजु पराजुली, सानु श्रेष्ठ, असुन् दर्लामी, केदार संखर, मिंगमार मगर र रोशन यौंजन् मगर मार्फत संकलन भएको ८१ हजार २ सय ।
कुवेतमा लक्ष्मी राई, रुपा राई, सिता तामाङ्ग र अनिता गुरुङबाट संकलन भएको ३६ हजार र अन्य नेपाल सहित अन्य मुलुकका निशा कुवँर, याम तिलिजा, ओम राम्जाली, मनोज राई, धन रोका, जोती गुरुङ, सपना काउचा, बिबेक मगर, बिष्णु भट्टराई, सुनी स्याङबो, सुमी स्याङबो, लोक गुरुङ र बिमला दिवान लिम्बुबाट संकलन भएको ९७ हजार गरी तिन लाख ६८ हजार रुपैयाँ गुरुप मार्फत श्रेष्ठलाई सहयोग गरीएको हो ।
सहयोग रकम श्रेष्ठको खातामा जम्मा गरीएको गुरुपले जानाकारी दिएको छ । बेनपा १० वाखेत घर भै हाल इराकमा रहेका धन रोका र रघुगंगा गाउँपालिका ४ दग्नाम घर भै हाल वहराइनमा बस्दै आएका राम गर्बुजा मार्फत सोयोना बचाउ अभियान सञ्चालन भएको थियो । उक्त अभियानले अनलाइन गुरुप मार्फत नै रकम संकलन गरेको थियो ।