मंगलामा महिला हक अधिकार सम्वन्धी प्रशिक्षण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा महिला हक अधिकार सम्वन्धी प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत सामाजिक विकास शाखाको आयोजनामा ५ औँ राष्ट्रिय महिला दिवस २०८० को अवसरमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले महिलाहरुलाई सामाजिक कार्यहरुमा अग्रसर बन्न आग्रह गर्नुभयो । महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा स्वरोजगार बन्न अभिप्ररित गर्दै विभिन्न कार्यक्रमहरु पालिकाले संचालन गरिरहेको अध्यक्ष रोकाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले कार्यक्रमको औचित्य , महिला आन्दोलन , अधिकार र समस्याका बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीको अध्यक्षता, गाउँसभा सदस्य संगीता किसानको स्वागत र वडा नम्वर २ का वडा सचिव अनिता कुमारी शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षण कार्यक्रममा मंगला गाउँपालिकाका महिला कर्मचारी, महिला जनप्रतिनिधि, विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहनुभएका महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कानून व्यावसायी प्रेम बहादुर कार्की ( दिपक कार्की “बिखर्ची) ले महिला अधिकार लगायत कानुनी अधिकार र ब्यबस्थाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

You can share this post!

माउण्ट एभरेष्टमा सुरक्षा सचेतना विषयक अन्तरक्रिया

म्याग्दीका शर्मा गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त

Related posts