धवलागिरीको गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम संचालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई घरदैलोमै पुगेर औषधी उपचारको ब्यवस्था मिलाउने उदेश्य राखेर सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रम मार्फत सबै वडा र बस्तीबाट नियमित औषधी सेवन गरिरहेका दिर्घरोगीहरुको विवरण संकलन गरिएको छ । नियमित औषधी सेवन गर्ने विवरण संकलन गरेर सात वटै वडामा घरभेट गर्ने कार्यक्रम अनुसार वडानम्वर १ गुर्जामा दिर्घरोगीहरुसंग भेटघाट गरिएको हो ।

यसअघि अन्य पाँचवटा वडामा कार्यक्रम गरिएको थियो । गुर्जामा ६ जना दिर्घरोगी पहिचान भएका गाउँपालिकाले स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बताउनुभयो । वडानम्वर २ लुलाङमा कार्यक्रम गर्न बाँकी छ ।

सबै वडामा दिर्घरोगीले सेवन गर्ने औषधीको विवरण संकलन गरेर औषधी उपलब्ध गराउने योजना गाउँपालिकाको रहेको छ ।
दिर्घरोगीसंग अध्यक्ष कार्यक्रम अन्तरग धवलागिरी गाउँपालिकामा चालू आर्थिक बर्षमा २० लाख बजेट विनियोजन गरेको छ ।

You can share this post!

मोना युएईको चौँथो साधारणसभाः अध्यक्षमा पुनः सुवास राम्जाली चयन

छोटियो अन्नपूर्ण आधार शिविरको यात्राः बढ्न थाले पर्यटक

Related posts