म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा आयोजना गरिएको प्रथम बरंजा कप भलिबल प्रतियोगिताको उपाधी बेनी नगर पालिका ५ पुलाचौरले जितेको छ ।
प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा मंगला –५, अर्मनलाई ३–२ को सेटमा पराजित गर्दै बेनपा – ५, पुलाचौरले उपाधी जितेको हो ।
म्याग्दी मंगला गाउपालिका–३, बरंजा आर्भाङस्थित खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको बेनपा –५, पुलाचौरले उपाधी संगै नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।
फाईनलमा हार ब्यहोरेको मंगला –५, अर्मन उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न बाध्य भयो । त्यस्तै सो – डान्स प्रतियोगितामा प्रथम हुदै यसोदा रोकाले नगद १० हजार र प्रमाण पत्र हात पारेकी छिन भने न्यू–स्टार युवा क्लबका देविना घर्ती र बिपिन थापा द्वितीय र अरिक शेर्चन तृतीय हुदै क्रमस नगद ७ हजार , ४ हजार र प्रमाण पत्र हात पारेका छन ।
त्यसैगरी मंगला –३, बाहुनपधेराले पुरुष र महिला लठो तान्ने प्रतियोगिताको प्रथम स्थान हासिल गर्दै नगद पाच ÷ पाच हजार हात पारेको छ । अन्धानिसान प्रतियोगिताको प्रथम पुरस्कार २ हजार बराबरको भाले सोम रोकाले हात पारेका छन ।
प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न भएको भलिबल प्रतियोगितामा मंगला–५ अर्मन, बेनपा–४ थामडाडा, बेनपा –३ भकिम्ली, बेनपा –५ पुलाचौर, मंगला – ४ , मंगला –३ ए र बी टिमको सहभागिता रहेको थियो ।
त्यसैगरी सो– डान्स प्रतियोगितामा ६ जनाले सहभागिता जनाएका थिए । पुरूष तथा महिला लठो तान्ने प्रतियोगितामा २ टिम पुरुष र २ टिम महिलाको सहभागिता रहेको थियो भने अन्धानिसान प्रतियोगितामा ३६ जना सहभागी थिए । बरंजेली मगरहरुको महान चाड धुलेको अवसर पारी संचालन गरिएको प्रथम बरंजा कप भव्यताका साथ सम्पन्न भएको मेला व्यवस्थापन समितिका संयोजक सुमन थापाले बताउनुभयो ।