म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिका भित्रका माध्यामिक विद्यालयहरुमा प्रहरी सचेतना कार्यक्रम संचालन गरेको छ ।
गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा पालिका भित्रका १० वटा माविमा सो कार्यक्रम संचालन गरिएको हो ।
गत जेठ ३१ गते वडा नम्वर १ तिप्ल्याङ्गमा रहेको कालिका माविबाट सो सचेतना कार्यक्रमको सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।
सो अभियानका क्रममा विद्यालयका विद्यार्थीहरुलाई सडक सवारी सुरक्षा, साईवर क्राईम तथा लागु औसध दूव्र्यसन न्युनिकरण सम्वन्धी विषयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरले प्रशिक्षण दिनुभएको छ ।
जेठ ३२ गते महादेव मावि वेग, असार १ गते मुक्तिधाम मावि भगवति, असार ३ गते रघुगंगा मावि पिप्ले, असार ४ गते जनता मावि दग्नाम, असार ६ गते अम्मर मावि चिम्खोलामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यस्तै असार ७ गते रितुङ्ग मावि दुलेखर्क, असार ८ गते महेन्द्र मावि झिं र असार १० गते अम्मर मावि पाखापानीमा प्रशिक्षण कार्यक्रम संचालन गरिने तालिका रहेको छ ।
विद्यालय भित्र रहेका विद्यार्थीहरुलाई सडक सवारी, साईवर क्राईम तथा लागु औसध दूव्र्यसन न्युनिकरण सम्वन्धी विषयमा जानकारी हुनु आवश्यक रहेकाले गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय संगको समन्वयमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो ।
प्रहरी सचेनता कार्यक्रमले विद्यार्थीहरुलाई लागु पदार्थ दूव्र्यसनी र आपराधिक क्रियाकलापहरुबाट टाढा रहन फाईदा पु¥याउने प्रहरी नायव उपरिक्षक कुँवरको भनाई छ । कार्यक्रममा विद्यार्थीका अभिभावक तथा सरोकारवाला व्यक्तिहरुलाई पनि सहभागी गराईएको छ ।