अन्नपूर्णका कृषकलाई अनुदानमा कृषि औजार वितरण

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र कृषि समूहलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यवसायिक रुपमा कुषि खेती गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ लगायतका कृषि औजारहरु वितरण गरेको हो ।

किसानहरुलाई आधुनिक कृषि खेतीतर्फ उन्मुख गराउने उद्देश्यले पालिकाले उक्त औजारहरु अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

पालिकाभित्रका अगुवा कृषक र कृषक समुहलाई गरि १६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, ९ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख हेमन्तबहादुर शाहीले बताउनुभयो ।

उहाँले चालू आर्थिक बर्षको ११ लाख ९८ हजार ५ सय बजेटमार्फत कृषकका मागअनुसारका छिटोछरितो र सहज रुपमा काम गर्ने प्रविधिहरु खरिद गरेर कृषकलाई वितरण गरिएको बताउनुभयो ।

सो प्रविधिहरु गाउँपालिका अध्यक्ष भारतकुमार पुन (भरत), प्रमुख प्रशासकीय अधिकृत सुवेदी र कृषि शाखा प्रमुख शाहीले कृषकलाई वितरण गर्नुभएको थियो ।

अध्यक्ष पुनले कृषि खेति गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्दै कृषकको उत्पादन वृद्धि गराउन कृषि औजार वितरण गरिएको बताउनुभयो । असली किसानहरुलाई सहयोग, प्रोत्साहन र सम्मान गर्न पालिकाले सधै तत्पर रहेको अध्यक्ष पुनको भनाई थियो ।

कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर करिव १ करोड बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो ।

You can share this post!

बेनी नगरपालिकामा जग्गा वर्गीकरण सकियो, अव कित्ताकाट खुल्ने

अक्षयकोष बृद्धिका लागि संचालित चिठ्ठाको नतिजा सार्वजनिक

Related posts