म्याग्दी । म्याग्दीका क्रियाशिल पत्रकार अमृत प्रसाद पौडेल बास्कुने सम्मानित हुनुभएको छ । प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार बास्कुनेलाई सम्मान गरेको हो ।
पत्रकारितामार्फत राष्ट्रलाई योगदान पु¥याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
बास्कुने गोरखापत्र दैनिक लगायत मिडियामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । म्याग्दीमा ईरुप्से डटकम अनलाईन न्युजका संचालक रहनुभएका बास्कुनेले जिल्लाको पर्यटन, कृषि, शिक्षा लगायतका समग्र विकासमा कलम चलाउदै आउनुभएको छ । योगदालाई कदर गर्दै सम्मान गरेकोमा बास्कुनेले प्रसन्नता व्यक्त गर्दै काउन्सिललाई धन्यवाद दिनुभएको छ ।