म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी म्याग्दीको बेनी नगर कमिटीबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन ।
शनिबार नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित बेनी नगर कमिटीको वैठकबाट महिलातर्फ ३, दलिततर्फ ३ र खुल्लातर्फ ६ गरि १२ प्रतिनिधि सर्वसम्मत चयन भएका हुन ।
महिलातर्फ पशुपति शाही, मिना राम्जली र मुना बानियाँ, दलिततर्फ भोज बहादुर थापा (किसान) सुवास विश्वकर्मा र गोरी दर्जि सर्वसम्मत चयन हुनुभएको हो ।
खुल्लातर्फ हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, खुम बहादुर बानियाँ, सन्तोष रावल, किरण सापकोटा र नारायण जिसी प्रतिनिधि चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक भुपेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशन यहि असोज १५ र १६ गते पोखरामा हुदैछ । प्रतिनिधि चयनका लागी हरेक पालिकामा असोज ६ गते मनोनयन दर्ता गर्ने र सर्वसम्मत नभए प्रतिनिधि चयनका लागी ९ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितीले जनाएको छ ।