महारानी क्षेत्र विकास समितिको नयाँ नेतृत्वः अध्यक्षमा खत्री

म्याग्दी । म्याग्दी जिल्लाको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल महारानी थानको विकास तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित महारानी क्षेत्र विकास समितिको अध्यक्षमा चन्द्र बहादुर खत्री चयन हुनुभएको छ ।

शनिवार महारानी थान परिसरमा आयोजित समितिको पाँचौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

कार्य समितिको उपाध्यक्षमा विक्रम श्रेष्ठ, सचिवमा प्रेम बहादुर घिमिरे, कोषाध्यक्षमा अन्जु मल्ल कटुवाल र सहसचिवमा उमा रिजाल चयन हुनुभएको छ ।
कार्य समिति सदस्यहरमा प्रकाश बानियाँ, पुष्पा थापा, सुन्दर श्रेष्ठ, अर्जुन पौडेल, सुन्दर केसी, पूर्ण जिसी, सम्झना केसी, भिमकुमारी भण्डारी, महेन्द्र श्रेष्ठ लगायत रहनुभएको छ ।

कार्यक्रमका बोल्दै गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले म्याग्दी जिल्लामा रहेका धार्मिक स्थलहरुको संरक्षण र प्रवर्धन गर्न पहल गर्ने बताउनुभयो ।
धार्मिक स्थलहरुको ऐतिहाँसिक महत्वलाई प्रचार प्रसारमा ल्याउन आवश्यक रहेको उहाँले गौचनले बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नगरको आर्थिक समृद्धि यहाँको पर्यटन विकास विना सम्भव नभएको बताउनुभयो । नगरभित्रका धार्मिक तथा ऐतिहासिक स्थल, सांस्कृतिक सम्पदाहरुलाई पर्यटन संग नजोडे सम्म नगरको आन्तरिक आम्दानीमा वृद्धि नहुने भन्दै उपप्रमुख लामिछानेले यस्ता ऐतिहासिक स्थलहरुको उजागर गरि पर्यटन प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाएर अघि वढ्ने बताउनुभयो ।

कार्यक्रममा महारानी क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष अमृतदेवि बानियाँ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष लक्ष्मी जोसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शक्तिको स्वरुपको आधारमा मनोकाँक्षा पुराहुने जनविश्वासका साथ पुजाआजा हुने महारानीथान जिल्लाको महत्वपूर्ण ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ ।

You can share this post!

म्याग्दीका सर्वोत्कृष्ट विद्यार्थीलाई स्टुडेन्ट भाइसको सम्मान

मोना अन्तराष्ट्रियको अध्यक्ष पदमा मिम पूर्जाले उम्मेदवारी दिने

Related posts