मल्लको सहयोगमा मौवाफाँटका जेष्ठनागरीक र अगुवाले गरे मुक्तिनाथको दर्शन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट घर भै हाल अमेरीकामा बस्दै आउनु भएका जनक मल्लले सम्मान स्वरुप मौवाफाँटका अगुवा र जेष्ठनागरिकलाई हेलिकप्टरको प्रयोग गरी पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गराउनु भएको छ । उमेर पुगेका कारण हिड्न नसक्ने र गाडिमा समेत सवारगरी मुक्तिनाथ पुग्न कठिन हुने जेष्ठ नागरीकहरुलाई उहाँले हेलिकप्टरको प्रयोग गरी मुक्तिनाथ मन्दिरको दर्शन गराउनु भएको हो ।

मौवाफाँट निवासी ९५ बर्षीय जेष्ठनागरीक उदयचन्द्र रिजाल सहित मौवाफाँट निवासी जेष्ठनागरीक तथा एकल महिलाहरु षष्टीकादेवी शर्मा, वल्वबि शर्मा र सुमित्रा शर्मा, मौवाफाँटमा रहेको ज्ञानोदय माविको संस्थापनामा योगदान गर्नु भएका सोमनाथ सुवेदी र ज्ञानोदय प्राविलाई मावि बनाउँदै अपांगता भएका व्यक्तिहरुले अध्ययन गर्ने विद्यालय बनाउन भुमिका खेल्नु भएका विद्यालयमा पुर्व प्रध्यानाध्यापक निलकष्ठ सुबेदी, मौवाफाँटका अगुवा बालकृष्ण सुवेदी तथा उहाँको धर्मपत्नी कमला सुवेदी, मौवाफाँटमा जन्मिएर जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु भएका जयराम सुवेदी, मौवाफाँटको ज्ञानोदय मावि र मन्दिर स्थापनाका लागि जग्गा दान गर्नु भएको दिनानाथ शर्मा सहित मल्लका बुवा गगन मल्ल र आमा धन कुमारी मल्ल लाई हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर परिसरमा पुराई दर्शन गराउनु भएको हो ।

उहाँहरुलाई मुक्तिानाथ मन्दिर नजिकै निमार्ण गरीएको हेलिप्याडमा राखेर मन्दिरमा पु¥याईं दर्शन तथा पुजा गराई पुनः मुक्तिनाथ बाट मौवाफाँट सम्म हेलिकप्टरमा ल्याउने व्यवस्था मल्लले मिलाउनु भएको थियो । हाल अमेरीका बस्दै आएका मल्लले यस भन्दा अगाडि पनि मौवाफाँटमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आउनु भएको थियो । मल्लले यो उमेर मुक्तिनाथ जस्तो पवित्र तिर्थ स्थल दर्शन गराएकोमा आफुहरुलाई धेरै खुसी लागेको दर्शन गरेर फर्किनु भएका बृद्धबृद्धाहरुले बताउनु भएको छ ।

You can share this post!

अनेमसंघ म्याग्दीद्वारा मंगलाका पहिरो पीडितलाई राहत वितरण

प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

Related posts