म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान कार्यकारी समितीले सल्लाहकार समिती चयन गरेको छ । मोनाका आईसीसी अध्यक्ष ददिवल खड्कासँगै मोना जापानका पूर्व अध्यक्ष महेन्द्र खड्का, दीपक कार्की, निवर्तमान अध्यक्ष सचिन श्रेष्ठ, तिलक मल्ल, राम खड्का, प्रेम पुन, पिर्तम पुन, निरज पुन, सुन्दरमान श्रेष्ठ, लेनिन भट्टचन र जोन छन्त्याल चयन गरिएको मोना जापानका प्रवक्ता कमल बानियाँले जानकारी दिनु भयो ।
त्यस्तै मोना जापानका सल्लाहकार हालै सम्पन्न मोना आईसिसीको महाधिबेशन बाट अध्यक्षमा चयन हुनुभएका ददिवल खड्कालाई सस्थाका अध्यक्ष विशाल केसीले खादा ओढाएर सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
त्यसै गरी सस्थाको आपतकालीन कोष निर्माण गर्ने उद्देश्यले २०२४ को अप्रिलमा म्याग्दी फेस्टिबल गर्ने तयारी का लागी सस्था का कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा एक समिती गठन गरिएको छ ।
साथै जापानमा रहेका म्याग्देलीको तथ्यांक निकाल्ने उद्देश्यका साथ बिभिन्न पालिकाका संयोजक तोकेर सदस्यता वितरण कार्य अगाडि बढाएको संस्थाका अध्यक्ष केसीले बताउनु भयो । उक्त कार्यकालको संचालन मोना जापानका महासचिब सागर कार्कीले गर्नु भएको थियो ।