प्रतिभा माविका किरण सापकोटालाई उत्कृष्ट प्रधानाध्यापकको सम्मान

पोखराको पालिखेचोकस्थित प्रतिभा माविका किरण सापकोटा अष्ट्रेलियाको राजधानी क्यानेवरमा उत्कृष्ट प्रधानाध्यापक–२०२२ को अवार्डबाट सम्मानित हुनुभएको छ ।
अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय नेशनल युनिभर्सिटीमा प्रद्धिस अंग्रेजी म्यागजिन कलेज रिडरद्धारा एक समारोहका बिच सापकोटा नेपाल एजुकेशन अवार्ड अष्ट्रेलियाबाट सम्मानित हुनुभएको हो ।

विगत ३० बर्षदेखि शैक्षिक क्षेत्रमा कार्यरत सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा चिकित्सा, ब्यवस्थापन विषयका विद्यार्थीको उत्कृष्ट नतिजा लगायत विभिन्न सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक ब्यक्तिहरु संलग्न जुरी टिमको सिफारिसको आधारमा सम्मान गरिएको ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ स्थायी घर भई लामो समयदेखि पोखराको शैक्षिक क्षेत्रमा सक्रिय रहनुभएका सापकोटा म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ ।

यसैबीच सोही अवसरमा प्रतिभा माविलाई काठमाण्डौ बाहिर मावि र उच्च मावि तहमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा आयोजकले आधुनिक, उत्कृष्ट शैक्षिक गुणस्तर, सुविधा सम्पन्नको साथै कुशल व्यवस्थापनको साथ अगाडि बढिरहेको विद्यालय भन्दै सम्मान गरेको छ ।

You can share this post!

सडक र विद्युतले सुगम बनायो दुर्गम गाउँलाई

रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Related posts