हिराबहादुर बानियाँ स्मृति कोषबाट विद्यार्थीलाई शैक्षिक साम्रागी छात्रवृत्ति वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिस्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गरिएको हो ।

उक्त सामग्रीहरु स्व. हिराबहादुर बानियाँको ससुराबुबा लालबहादुर हमाल, छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले हस्तान्तरण गर्नुभएको थियो । गतवर्ष पाँचलाख रुपैयाँको अक्षयकोष विद्यालयमा स्थापना गरेर अक्षयकोषको सुरुवात गरिएको थियो । कोषमा रकम वृद्धि गरेर २५ लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य अनुसार शुक्रबार नै थप ३ लाख हस्तान्तरण गरिएको कोषका संस्थापक प्रकाश बानियाँको भनाई छ ।

सरकारी जागिरबाट सेवानिवृत्त हिराबहादुर बानियाँको गतवर्ष निधन भएको थियो । कार्यक्रममा बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, प्रकाश माध्यमिक विद्यालय बेनीका प्रधानाध्यापक लेखबहादुर हमाल र स्व. हिराबहादुर बानियाँको छोरा प्रकाश बानियाँले मन्तव्य व्यक्त गर्दै हिराबहादुर बानियाँले शैक्षिक तथा सामाजिक क्षेत्रसहित विभिन्न क्षेत्रमा खेलेको भूमिकासँगै उहाँको बारेमा चर्चा गरेका थिए ।

You can share this post!

दीपक मनाङे डिल्लीबजार कारागार चलान

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

Related posts