बेनी नगरपालिकामा थपियो १ करोड बढीको नयाँ योजना

बेनी नगरपालिकाको १६ औं नगर सभाबाट करोड ६० लाख बजेट विनियोजन गरेको छ।

बिहीबार नगरपालिकाको सभा हलमा आयोजित नगर सभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत संशोधन गरी ४० नयाँयोजना संशोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो। नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगर सभामावडा समितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम लाख ५० हजार हजारदेखि लाखसम्म बजेट विनियोजन गर्दैपारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए।

नगर सभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्य चौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शौचालय निर्माणलगायतका विभिन्न योजनाहरू रहेका छन् नगर सभामा नगर स्तरीय सम्भाव्यता अध्ययनका लागि लाख ५० हजार, विपन्नआवास निर्माणमा लाख सहित समपूरक कोषमा समेत बजेट विनियोजन गरिएको छ। नगर उपप्रमुख ज्योति लामिछाने पौडेललेवडा स्तरीय योजना कार्यान्वयन नभएकालाई समेत संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको बताइन्।

संशोधित योजनाहरूमा वडा स्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य समुदायस्तरबाट गरिएको मागमा आधारित रहेको छ। नगर सभामा वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवा प्रवाह तथासुशासन, बन तथा वातावरण तथा विपद् समिति न्यायिक समितिले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए।

नगर सभामा सम्बोधनगदैं नगर प्रमुख केसीले वडा स्तरबाट प्राथमिकता साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयन समेतसन्तोषजनक हुनुपर्ने बताए। नगर सभा सदस्यले बजेट विनियोजन तथा विविध विषयमा आफ्नो भनाई राखेका थिए। 

 

 

You can share this post!

कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

आठौं म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई निःशुल्क स्टल

Related posts