गजल………..एक
डोको बोकि बेशी तिर झर्दै हौली आमा
बारी भरी कोदो मकै छर्दै हौली आमा ।।
गाउ छोडी शहर पसे के गरेर खै
खाली खुट्टा भिर पाखा चर्दै हौली आमा ।।
मिठो मसिनो खुवाउन सकिन मैले
आटो ढिडो खादै पेट भर्दै हौली आमा ।।
मन भरी पिडा पिठ्यु भरी भारी बोकि
जसो तसो खोल्साहरु तर्दै हौली आमा ।।
खुर्पिटो र आशी सङ्ग दुख सुख पोख्दै
छाक तार्न अर्म पर्म गर्दै हौली आमा ।।
गजल……….दुई
ति यात्रा हरु पनि कथिन हुन सक्छ
हर रात पछि फेरि दिन हुन सक्छ ।।
मर्नु त छदै छ बाचौ हासी खुसी भएर
नत्र जिन्दगानी केहि छिन हुन सक्छ ।।
नसोध के छ भनी फकिर मान्छेलाई
जस्को जिबनमा धेरै ऋृण हुन सक्छ ।।
हो म केबल नितान्त एक्लो हु तर पनि,
कोहि त यो दिलमा आशिन हुन सक्छ ।।
मेरो अन्दाज यदि सहि निस्कियो भने
उ मन सङ्ग खेल्न सौखिन हुन सक्छ।।
गजल……….तिन
तिमिलाई फुल र पथ्थर सङ्ग के तुलना गर्नु
तिमि त खोली हौ बगर सङ्ग के तुलना गर्नु ।।
अचेल सुनाखरी तिम्रै प्रतिक्षामा टोलाउछन
प्यासले भरिएको अधर सङ्ग के तुलना गर्नु ।।
यस्तो लाग्छ तिमि केबल ताज महल हौ
मेरो गाउको पुरानो घर सङ्ग के तुलना गर्नु ।।
बिष पिउनेहरु अमृत ओकेल्न सक्दै सक्दैन
तिमि त अमृत पो जहर सङ्ग के तुलना गर्नु ।।
शेर लेखेर सेयर्नी बन्ने महान लक्ष्य छ तिम्रो
अरे यार हाम्रो सानो रहर सङ्ग के तुलमा गर्नु ।।
गजल……….चार
मलाई पढाए बाले,घर बेचेर
भिरमा काटेको काचो,खर बेचेर ।।
मुटु रोगी हुदा हुँदै पनि बुवाले
शहर पठाए मर्ने,डर बेचेर ।।
रागा गयो अनि पालो भैसिको पनि
मिल्ने भए दिन्थे यो,शहर बेचेर ।।
म हजुरलाई एउटा गुनासो पोख्छु ।
कति दिन चल्थ्यो र बगर बेचेर ।।
सर्तिफिकेट बिक्दैन तिम्रो छोरोको ।
किन पढायौ आफ्नै रहर बेचेर ।।
दर्पण रोका मगर म्याग्दीका युवा गजलकार हुन् ।