नेपाली काँग्रेस म्याग्दीको बेनी नगर अधिबेशनमा मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेस म्याग्दी बेनी नगरपालिका अधिबेशनको पदाधिकारी चयनका लागि निर्बाचन सकिएको छ ।

आज बिहान १० बजे देखि जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको मतदान भर्खर सकिएको हो । मतगणना सुरु भएको निर्बाचन समितिले जनाएको छ । १७० कुलमत रहेकोमा १६७ मत खसेको छ ।

नगर सभापतिमा बिक्रम बोगटी र रबिन्द्र कार्की चुनाबी मैदानमा होमिनु भएको छ । दुबै पक्षले मत परिणाम आफ्नो पक्षमा पर्ने दाबी गरेका छन ।

You can share this post!

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यबस्था गर्न संसदीय समितिको निर्देशन

पिप्लेमा यसोदा सुबेदीको अध्यक्षतामा अनेमसंघ वडा कमिटि गठन

Related posts