पुनम स्मृति कोष द्वारा बिपन्न बिद्यार्थीहरुलाई सहयोग

म्याग्दी । बेनीमा रहेको पुनम स्मृति कोषले बेनपा ६ का १५ जना गरिव, बिपन्न र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप बिभिन्न सामग्री सहयोग गरेको छ ।

आइतबार बेनी नगरपालिका वडा नं ६ को कार्यालयमा आयोजित एक कार्यक्रममा कोषका सचिव पुजा बानीयाँ, संरक्षक कृष्ण बानीयाँ र याम बहादुर बानीयालेँ बिद्यार्थीहरुलाई १ सेट बिद्यालय पोसाक, १ सेट न्यानो कपडा, १ दर्जन कापी र १ दर्जन कलमका दरले बितरण गर्नुभएको हो ।

बेनपा ६ भित्रका बिभिन्न सरकारी बिद्यालयहरुमा अध्ययन गर्ने स– साना बालबालिकाहरुलाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ कोषको तर्फबाट सहयोग गरिएको सचिव पुजा बानीयाँले बताउनुभयो । बिद्यार्थीहरु सलोन पौडेल, अन्जु सुबेदी, सपना बानीयाँ, कृष्टिमा आचार्य, दिनिसा आचार्य, सुजन किसान, प्रकट बराईली, दिक्षान्त पौडेल, मनिका बिश्वकर्मा, अप्सन महत, आँचल बानीयाँ, सन्दिप नेपाली, शिला आचार्य, आयुसा बानीयाँ, र अरुणिमा परियार लाई उक्त सामग्री बितरण गरिएको बानीयाँले जानकारी दिनुभयो ।

कोषले १४ जनालाई जनही २५०० बराबरको पोसाक र ५०० बराबरको स्टेशनरी प्रदान गरेको छ । उच्च शिक्षा अध्ययनरत अञ्जु सुबेदीलाई भने २६०५ रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको छ । त्यसैगरि सो १५ जना बालबालिकाहरुलाई बेनीमा रहेको बिश्वामित्र बचत तथा क्रृण सहकारी संस्था मार्फत बाल बचत खाता संचालन गर्ने गरि पास बुक पनि प्रदान गरिएको छ ।

खातामा कोषको तर्फबाट रु २०० र सहकारीको मानविय सहायता कोषबाट रु १०५ गरि जनहि ३०५ रुपैयाँ सुरुमा जम्मा गरिदिने कोषका संरक्षक, स्वर्गीय पुनम बानीयाँका पिता कृष्ण सिं बानीयाँले बताउनुभयो । उहाँले आजको बचतले भोली नानीबाबुहरुको शिक्षामा सहयोग पुग्ने भन्दै दैनिक खर्च कटाएर थोरै थोरै भएपनि रकम बचत गरिदिन अबिभावकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै बौद्धिक अपांगता अबिभावक संघ म्याग्दीका अध्यक्ष याम बहादु बानीयाँले बौद्धिक अपांगता भएका स्वर्गीय पुनमको स्मृतिमा स्थापित कोषले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो ।

बेनी गरपालिका वडा नं ६ का अध्यक्ष समेत रहनुभएका कृष्ण सिं बानीयाँ र भूमि बानीयाँको छोरी पुनम बानीयाँको २०७५ साल चैत २० गतेका दिन २२ बर्षकै अल्पायुमा निधन भएको थियो । स्वर्गीय पुनमकी आमा भूमि बानीयाँ अध्यक्ष रहेको कोषले यस अघि पनि बिभिन्न क्षेत्रमा सहयोग गरिसकेको छ ।

You can share this post!

नेत्र ज्योति संघ म्याग्दी द्वारा जेष्ठ नागरिकको आँखा परिक्षण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको पन्ध्रौ साधारणसभा सम्पन्न

Related posts