छ दिन ढिलो गरी मनसुन बाहिरिन शुरु, पश्चिमबाट बाहिरियो

काठमाडौं, असोज २५ गते । औसत समयभन्दा छ दिन ढिलो गरी पश्चिम नेपाल हुँदै मनसुनी प्रणाली बाहिरिन शुरु गरेको मौसमविद्हरुले जनाएको छ । शुक्रबारबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट मनसुनी प्रणाली बाहिरी सकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

यस वर्षदेखि जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली वाहिरिने औसत समयलाई सेक्टेम्वर २३ बाट १० दिन पछि सारेर अक्टुवर २ तारिखलाई कायम गरेको थियो । तर यस वर्ष मनसुन बाहिरने क्रम पश्चिम नेपालबाट शुरु भएपनि अझै दुईरतीन दिन लाग्ने महाशाखाले जनाएको छ । मनसुनी अवधि शुरु भएयता देशभर हालसम्म ११५।५ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाको तथ्याङक छ ।

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भाग क्षेत्रमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने समय लाग्ने भएको जनाएको छ । यता स्थानीय बायु सक्रिय हुदाँ र केही वादल बाँकी रहेकाले घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

जुन १० मा मनसुन भित्रिने समय मानिए पनि यस वर्षदेखि तीन दिन पछि सारेर जुन १३ गतेलाई कायम गराएको विभागले जनाएको छ । विभागले प्रत्येक १० वर्षको अवधिमा मनसुनी समयलाई परिमार्जन गर्ने गरेको जनाएको छ ।

नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

You can share this post!

अधिकृत सुबेदीमाथि गरिएको दुरव्यवहार प्रति बेनी नगरपालिकाको घोर भत्सना

गुल्मीमा चिर्पट प्रहार गरी भतिजद्वारा ठूलीआमाको हत्या

Related posts