एमाले मंगला गाउँपालिकाको पाँचै वडामा प्रथम पुर्ण बैठक सम्पन्न

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमाले मंगला गाउँपालिकाको पाँच वटै वडामा प्रथम वडा कमिटि बैठक सम्पन्न भएको छ ।

मंगलाको वडा नं १ मा कार्तिक २५ गते, २ मा कार्तिक २३ गते, ३ मा कार्तिक ३० गते, ४ मा मंसिर ३ गते र ५ मा कार्तिक १८ गते बैठक सम्पन्न गरिएको नेकपा एमाले मंगला गाउँपालिका कमिटि सचिव चिरञ्जीवी शर्मा आचार्यले जानकारी दिनुभएको छ ।

बैठकले पालिकामा संगठन बिस्तार गर्नका लागि बिभिन्न योजनाहरु बनाएर काम गर्ने निर्णय गरेको छ । त्यस्तै मंसिर १० देखि १२ गते सम्म चितवनमा सम्पन्न हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन जाने सम्बन्धमा पनि छलफल भएको सचिव शर्माले बताउनुभएको छ ।

पालिका कमिटि अध्यक्ष सत प्रसाद रोकाले एमालेलाई मंगलामा बलियो बनाउनका लागि सबै वडा कमिटिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । आगामी स्थानीय तहको निर्वाचनमा मंगलामा एमालेको जित सुनिस्चित भएको दाबी गर्दै जनताको लोकप्रीय पार्टी एमालेको गरिमालाई कायम राख्नका लागि जनभावनाका काम गर्दै जनताको सुख दुखको साथी बन्न पनि सवै वडाका नेतृत्वलाई आग्रह गर्नु भएको छ ।

You can share this post!

मंसिर ८ गते म्याग्दीको बेनीमा नेत्र बिक्रम चन्द ‘विप्लव’ आउने

म्याग्दीको बेनीमा प्रथम जिल्लास्तरीय किशोरी सम्मेलन सम्पन्न, किशोरीहरुको हक अधिकारसँग सम्बन्धित ११ बुँदे

Related posts