महारानी थान नजिक सरकारी गाडी दुर्घटना

म्याग्दी। आइतबार दिउँसो बेनी मंगलाघाट महारानी थान नजिक बा १ झ ५८५७ नम्बरको एक सरकारी सवारी साधन दुर्घटना भएको छ । ब्रेकफेल भएको कारण दुर्घटना भएको हो ।

मानवीय क्षेती नभए पनि सरकारी गाडी क्षेतबिक्षेत भएको छ । भेटेनरी अस्पताल पशु सेवा कार्यालय प्रमुख जीवनप्रसाद आचार्य र सवारी चालक सवार गाडी दुर्घटना भएको हो । फिल भिजिट गरेर फर्कदै गर्दा सवारी दुर्घटना भएको हो ।

नजिकै एक स्थानीयको भैसीले ब्याउन नसकेको खबर आएकाले गाडी रोकेर आचार्य ओर्लिएका थिए । चालकले घुम्तिनेर लगेर गाडीलाई साइड लाउन खोज्दा ब्रेक फेल भएको कारण दुर्घटना भएको जिल्ला ट्राफिक कार्यलय म्याग्दीले जनाएको छ ।

ब्रेक फेल भएको थाहा पाएपछी चालक गाडीबाट हाम फालेर बाँच्न सफल भए । चालकलाई सामान्य चोटपटक लागेछ छ । आचार्य भन्छन भाग्यले बाँचियो ।

You can share this post!

राष्ट्रिय टिमबाट चर्चित भएपछि लिग खेल्न आएका मनिष र आयुष

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

Related posts