माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा ओमप्रसाद फगामी निर्वाचित

म्याग्दी । नेकपा माओवादी केन्द्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटिनिर्वाचित गरेको हो ।

कमिटिको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल र डबलसिहं पाईजा, सचिवमा श्याम खड्का, सहसचिवमा नन्दबहादुर गर्वुजा र कोषाध्यक्षमा कविता क्षेत्री सर्वसम्मत चयन हुनुभएको नेकपा माओवादी केन्द्र म्याग्दीले जनाएको छ । प्रदेश प्रतिनिधिको रुपमा ओमप्रसाद फगामी, बुद्धि पुन र विष्णुकुमारी दमाई चयन भएका नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

अधिबेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन सबै लाग्न आग्रह गर्नुभयो । त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जालीले वडा र पालिका सम्मेलनमा भएको उपस्थितिले संगठन बलियो बन्दै गएको महशुस भएको बताउनुभयो। संयोजक जुग्जालीले वडा र पालिका अधिवेशन सफल पुर्व सम्पन्न भएको बताउदै आगामी दिनमा हुने प्रदेश, जिल्लाको अधिवेशनमा सक्रिय रहन पार्टीको विभिन्न तहका नेतृत्वलाई आग्रह गर्नुभयो । अधिवेशनमा गाउँपालिका ईन्चार्ज बुद्धि पुन र नगर अध्यक्ष शेरबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

प्रथम पालिका अधिवेशनबाट बेनी नगरपालिकाको अध्यक्षमा शेरबहादुर केसी, गाउँपालिका अन्तरगत रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका निर्वाचित गर्दै म्याग्दीमा माओवादी केन्द्रले पालिका अधिवेशन सम्पन्न गरेको छ ।

You can share this post!

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित देखा परे

नेपाल पर्यटन बोर्ड र नाटाको भ्रमण टोलीलाई म्याग्दी उद्योग बाणिज्य संघद्वारा स्वागत

Related posts