म्याग्दी । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका साथ मंसिर २१ गते देखि सुरु भएको १९ औँ सस्करणको अन्तरमावि स्तरीय जेसिज कप प्रतियोगीता बुद्ध एकेडेमी बगरफाँट सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा बेनी बोर्डिङलाई ० का बिरद्ध २ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार संचालन भएका खेलहरुमा दरवाङ बोर्डिङ स्कुलाई पराजित गर्दै किसानी मावि धारापानी, भानु मावि रत्नेचौरलाई पराजित गर्दै केवि एकेडेमी दरवाङ र हेम मावि सिवाङलाई पराजित गर्दै डर्निङ बोर्डिङ स्कुल बाबियाचौर बिजयी भएका म्याग्दी जेसिजका कार्यकारीणी उपाध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभएको छ ।
वोइस्ट पोइन्ट आवासीय मावि र डर्निङ बोर्डिङ स्कुल बिचको खेलमा दोस्रो हाप संचालन हुँदै गर्दा डर्निङले खेल हापेको छ । खेल संचालन अबधिमा वोइस्ट पोइन्टले २ गोल गरेको थियो । खेलमा रेफ्रीले पक्षपात गरेको भन्दै डर्निङ खेलबाट बाहिरीएको बुझिएको छ । यता म्याग्दी जेसिजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले भने खेलमा हार्ने निस्चित भएपछि डर्निङले खेल हापेको बताउनुभयो ।
पटक पटक अनुरोध गर्दा पनि खेलमा नफर्किएकाले डर्निङलाई केही वर्षको खेलमा प्रतिवन्द लगाउने गरि छलफल भएको उहाँले बताउनुभएको छ ।वोइस्ट पोइन्टलाई स्वत बिजयी घोषणा गर्दै सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
शनिबार संचालन हुने केवि एकेडेमी र म्याग्दी एकेडेमी बिचको खेलमा बिजयी र किसानी मावि धारापानी र बालमन्दिर आधारभूत बिद्यालय बिचको खेलमा बिजय हुने बिद्यालय सेमिफाइनलमा प्रवेश गर्ने छन । सेमिफाइनलको खेल शनिबार (भोली) नै संचालन हुने र फाइनल खेल आइतबार संचालन गरिने म्याग्दी जेसिजले जनाएको छ ।