बेनि। नेकपा एकीकृत समाजवादी म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाबाट पाँच वटा जनबर्गीय संगठनहरुको नेतृत्व चयन भएको छ ।
अनुप गौचन इञ्चार्ज र कर्णबहादुर छन्त्याल संयोजक रहेको युवा संघ नेपालको २४ सदस्यीय, बिज्ञानराज शर्मा अध्यक्ष, अजय परियार उपाध्यक्ष, अमृत घर्ति सचिब र किशोर सुबेदी सहसचिब रहेको अनेरास्ववीयुको २२ सदस्यीय कमिटि घोषणा भएको छ ।
मुक्ति पाईजा अध्यक्ष, नेत्रबहादुर गुरुङ उपाध्यक्ष रहेको आदिबासी जनजाती महासंघ, चेतबहादुर परियार अध्यक्ष, राज शाही उपाध्यक्ष, सुनिता बिक सचिब र सेतु छिनाल उपसचिब रहेको ५१ सदस्यीय नेपाल दलित मुक्ति संगठन घोषणा भएको छ ।
लोकनाथ भुषाल (घायलश्री)को अध्यक्षमामा चयन भएको समाजवादी प्रेस संगठनको उपाध्यक्षमा चन्द्रबहादुर लामिछाने, सचिबमा सुपना बिश्वकर्मा, सहसचिबमा सुनिल दामल, कोषाध्यक्षमा बिमला परियार र सदस्यहरुमा क्रमश नबिना बानिया, मनिषा किसान, प्रदिप खत्री, मञ्जु परियार, सुजन रत्न चयन हुनुभएको छ । डा. होमबहादुर बरुवाल र हेमराज सुवेदी सल्लाहकारमा चयन हुनुभएको छ ।
सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष गणेश वि.क.ले पद, पैसा र व्यक्तिगत फाइदा त्यागेर संबिधान र लोकतन्त्र जोगाउन बनेको एकिकृत समाजवादीमा कार्यकर्ताको आकर्षण बढेको बताउनुभयो ।
केन्द्रिय सदस्य तथा दलित मुक्ति मोर्चाका उपाध्यक्ष कृष्ण नेपालीले दलित, जनजाती तथा निमुखा बर्गहरुका मुद्दाहरु एकिकृत समाजवादीले सम्बोधन गर्ने बताउनुभयो । म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँले महिलाका समस्या सम्बोधन गर्ने एकिकृत समाजवादीमा आवद्ध हुन आव्हान गर्नुभयो ।
एकीकृत समाजवादी म्याग्दिका अध्यक्ष कृष्णकुमार बिश्वकर्माले अन्य पार्टीहरुले सोचेअनुसार जिल्लामा एकीकृत समाजवादी कमजोर नरहेको बताउदै एक झिल्कोबाट नै सिङ्गो बनमा आगो लाग्न सक्ने चेतावनी दिनुभयो।
जनजाती महासंघ म्याग्दिका अध्यक्ष बम बहादुर पाईजाको अध्यक्षता, युवा संघ नेपालका केन्द्रिय सदस्य अनुप गौचनको स्वागत र सचिवालय रुद्र किसानको सञ्चालनमा समपन्न भएको थियो।