म्याग्दीको तातोपानीमा संचालित पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम समापन

म्याग्दी । कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा संचालित म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

बेनी नगरपालिका वडा नं ४ तोतोपानीमा अवस्थित श्रेष्ठ होटल हटस्प्रीङमा पुष १७ गते देखि सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । ३ दिन सम्म चलेको तालिममा मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले फिचर लेखनको बारेमा तथा प्रशिक्षक कृष्णमणि बरालले फोटो तथा भिडियोग्राफीको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा आयोजित तालिममा, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र रघुगंगा गाउँपालिका र म्याग्दी मिडिया सोसाइटीको पनि सहयोग रहेको छ । तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तालिममा सिकेको ज्ञानलाई ब्यबहारमा उर्तानका लागि सवै सहभागी पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले तालिमले ब्यक्तिको क्षमतामा थप निखारता ल्याउने भएकाले यस तालिमले जिल्लाका पत्रकारलाई लेखनमा थप सिर्जनशिल हुन सघाउ पु¥याउने बताउनुभयो । त्यस्तै नेपाल उद्योग बाणिज्य संघका पूर्व केन्द्रिय उपाध्यक्ष एवं श्रेष्ठ होटल हटस्प्रिङका संचालक प्रमोद श्रेष्ठले सकरात्मक सन्देश जाने गरि समाचार लेख्न आवश्यक रहेको भन्दै पत्रकारले लेखेका समाचार सधै सत्य, तथ्य तथा सन्तुलित हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जिल्लामा पत्रकारिता गरिरहेका तथा यस क्षेत्रमा भर्खरै प्रवेश गरेका पत्रकारहरुलाई यस तालिमले निरन्तर लेख्न उत्प्ररित गर्ने बिश्वास गर्नुभयो । तालिम संचालनमा सहयोग गर्ने सवै सस्थाहरुलाई धन्यवाद दिदै पौडेलले आगामी दिनमा पनि यस्ता तालिमलाई महासंघले प्राथमिकताका साथ संचालन गर्ने बताउनुभयो । सहभागीको तर्फबाट रेखा कौशल रेग्मी र कृष्ण जिसीले अनुभव ब्यक्त गर्नुभएको थियो ।

तालिममा जिल्लाका बिभिन्न संचार माध्ययमा आवद्ध ४१ जना पत्रकारहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रम पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्माको अध्यक्षता, उपाध्यक्ष सोनी शर्माको स्वागत र महासचिव गोविन्द सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

म्याग्दी  बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा ढुङ्गाना

Related posts