प्रेस चौतारी म्याग्दिको ५ औं जिल्ला अधिवेशन यहि पौष २७ गते हुने भएको छ । जिल्ला संयोजक प्रताप बानियाँको अध्यक्षतामा शनिबार बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको नविकरण गराईसक्नुपर्ने निर्णय समेत गरेको छ । चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ ।म्याग्दिको सदरमुकाम बेनि बजारमा हुने अधिबेशनमा जिल्ला भरबाट ५० भन्दा बढी सदस्य सहभागी हुने संयोजक बानियाले बताउनुभयो।
चौतारिले हरेक बर्ष प्रदान गर्दै आएको प्रेसचौतारी कृयाशिल पत्रकारिता पुरस्कार यस बर्ष प्रदान गर्ने भएको छ। प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश पौडेल संयोजक रहेको पुरस्कार छनोट समिति पनि गठन भएको छ। अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको सह-संयोजक अमित बिश्वकर्माले जानकारी दिनुभयो । साथै अन्य उपसमितिहरु समेत गठन गरेर जिम्मेवारी प्रदान गरिएको उहाले बताउनुभयो। बैठकले पुस २३ गते बाट हुने ९ औं जिल्ला अधिबेशन सफल पार्न रचनात्मक सहयोग गर्ने निर्णय समेत गरेको छ।