कोभिड(१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।
अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्नसमेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको समेत उनले जनाइन्