एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीद्वारा पदभारग्रहण

प्रताप बानियाँ, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट आइतबार नवनिर्वाचित पदाधिकारीद्वारा पदभागग्रहण गरेका छन् । सोमबार एमाले म्याग्दीको पार्टी कार्यालय हाँडेभीरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीले पदभारग्रहण गरेका हुन् ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले नवनिर्वाचित अध्यक्ष देवेन्द्रबहादुर केसीलाई खादा लगाएर बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष केसीलाई अध्यक्षको कुर्सी हस्तान्तरण गर्नुभएको थियो । यसैगरी एमालेको नवनिर्वाचित उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, उपसचिवद्वय राजकुमार थापा र थमसरा पुनले पनि पदभारग्रहण गर्नुभएको छ ।


एमालेको नवनिर्वाचित पदाधिकारीको टिमलाई गण्डकी प्रदेश कमिटी अध्यक्ष शर्मा, निवर्तमान जिल्ला अध्यक्ष श्रेष्ठ, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसीसहित एमालेका नेता तथा कार्यकर्ताले बधाई र शुभकामना व्यक्त गरेका थिए । एमाले म्याग्दीको आइतबार बेनीमा सम्पन्न नवौं जिल्ला अधिवेशनले निवर्तमान उपाध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको थियो । पार्टीको नवनिर्वाचित जिल्ला अध्यक्ष केसीले म्याग्दीमा नेकपा एमालेलाई बलियो पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो ।

 

You can share this post!

अनेरास्ववियुको गलेश्वर मावि तोरिपानिमा संगठन बिस्तार

म्याग्दीमा ५ जनामा कोरोना संक्रमण

Related posts