म्याग्दी ,पौष २७ । नेकपा एमाले निकट अनेरास्वबियु म्याग्दीले संगठन बिस्तार अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ। हालसम्म जिल्लाको ३० वटा बिद्यालयमा संगठन बिस्तार गरेको छ। यसैबीच मंगलवार बेनि नगरपालिका -२ मा अवस्थित अर्जुन मा.विमा सुजता गौतममको अध्यक्षतामा ५१ सदस्यीय मा.बि कमिटी निर्माण भएको छ।
जसको उपाध्यक्षमा सृष्टि रिजाल, सचीवमा आशिका खत्री ,सह-सचिवमा कृष्ण आचार्य , हिमाल परियार र कोषाध्यक्षमा शिव नेपाली रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका अध्यक्ष दर्पण रोकाले बिद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन अनेरास्ववियुले उल्लेखनिय भूमिका खेल्दै आएको, साथै हरेक क्षेत्रमा अब्बल बिद्यार्थीहरुलाई नै नेतृत्वमा ल्याउने गरि अभियान सुरु गरेको बताउनुभयो । उहाँले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितमा काम गर्ने पहिलो संगठन भएको दाबि गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको सचीव मिलन खत्रीले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितका मुद्दाहरुलाई स्थापित गर्न सक्ने क्षमता भएकै कारण अन्य संगठनको पनि नेता संगठन भएको दावी गर्नुभयो ।
कार्यक्रम जिल्ला कमिटी म्याग्दिको सचिवालय सदस्य एवं प्रचार बिभाग प्रमुख समीर रोका मगरको अध्यक्षता, जिल्ला संयोजक दर्पण रोकाको प्रमुख आतिथ्यता र सचीवालय सदस्य खुम किसानको सञ्चालनमा समपन्न भएको थियो।