तातोपानी बजार संरक्षणका लागी नेकपा एमाले बेनपा ४ वडा कमिटिले ध्यानाकर्षण गरायो

 

म्याग्दी, माघ ७ गते । तातोपानी बजार क्षेत्रलाई संरक्षण गर्नका लागी नेकपा एमाले बेनपा ४ वडा कमिटिले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । वडा कमिटि अध्यक्ष इश्वर सिंह खत्रीको अध्यक्षतामा बसेको बैठकले सो बिषयमा सरोकारवाला निकायलाई ध्यानाकर्ष गराउने निर्णय गरेको हो ।

गत असार १ गते राति म्याग्दी खोलामा आएको बाढिले तातोपानी बजारको करिव ४०० मिटर क्षेत्रफलमा कटान गर्दा तातोपानी बजार जोखिममा परेको छ । बेनपा ४ तातोपानीमा रहेको सरस्वती माबिको भवन, उपल्लो बजार र मसार बजार क्षेत्र बाढिको कटानबाट उच्च जोखिममा परेका छन ।

त्यस क्षेत्रका करिव १०० घरहरु उच्च जोखिममा रहेका तर नियन्त्रणका लागी कतैबाट पनि पहल नभएकाले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारलाई संरक्षणका लागी आबस्यक योजना र बजेटको ब्यबस्थापन गर्नका लागी ध्यानाकर्षण गराइएको नेकपा एमाले बेनी नगरपालिका ४ वडा कमिटि अध्यक्ष खत्रीले बताउनु भयो ।

You can share this post!

माओवादी केन्द्र केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

भिजिट भिसामा खाडी मुलुक जान रोक

Related posts