मौरिसस विरुद्ध नेपालको दोस्रो जित

काठमाडौं । नेपाल मौरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गर्नुभएको थियो ।

खेलमा चार जना खेलाडीले रातो कार्ड पाएका थिए। ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाउनुभयो भने ८०औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाउनुभएको थियो ।

त्यस्तै खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका थिएनुभएको थियो। रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो।नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो। विमल घर्तिमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो।

You can share this post!

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण

तनावपूर्ण खेलबारे प्रशिक्षक अब्दुल्लाह भन्छन् फुटबलमा यो सामान्य हो

Related posts