आगलागी पीडित खत्रीलाई नेकपा एमाले बेनी नगर कमिटिद्वारा आर्थिक सहयोग

म्याग्दी । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा माघ १५ गते शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई नेकपा एमाले बेनी नगर कमिटीले रु ३९ हजार ८ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बुधबार नगरकमिटिको बैठकमा सहभागी नेताहरु मध्य बाट संकलित रकम आगालागी पिडित सुस्मा खत्रीलाई हस्तान्तरण गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

उक्त रकम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ , जिल्ला कमिटी अध्यक्ष देबेन्द्र कटुवाल , सचिव सुरज केसी, नगर कमिटी अध्यक्ष नारायण जिसि, सचीव सुवास बिश्वकर्मा, पुर्ब सचिवालय सदस्य एवं आर्थिक बिभाग प्रमुख प्रमोद श्रेष्ठ, बेनपा ६ क अध्यक्ष कृष्णसिंह बानियाको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

यस अघि गंगा जिसी फाउन्डेसन, पुनम स्मृति कोष लगायत लगायत बिभिन्न व्यक्तिहरुबाट बाट पनि आगलागि पिडित खत्रीको परिवारलाई सहयोग गरिएको थियो ।

गत शनिबार साँझ अचानक भएको आगलागीबाट स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
आगलागीबाट घरभित्र रहेको ३ तोला सुन, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको थियो ।

 

You can share this post!

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान प्रदेश प्रमुख गुरुङ

सीटीईभीटीको स्थगित भएका परीक्षा फागुन ६ गतेदेखि हुने

Related posts