अव म्याग्दीमै BICTE र B.ED पढ्न पाईने

म्याग्दी । म्याग्दीको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक धरोहर, त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त म्याग्दी बहुमुखी क्याम्पसमा Bachelor of Information and Communication Technology Education ( BICTE ) प्राविधिक बिषयमा अध्यापन सुरु हुने भएको छ ।

क्याम्पसमा गठन गरिएको सूचना तथा प्रविधि इकाईले आयोजना गरेको कार्यक्रममा क्याम्पसका सहायक प्रमुख श्रीधर सुवेदीले स्नातक तहको कम्प्युटर र सूचना प्रविधि बिषयमा अध्यापनका लागि आवेदन फारम बितरण भईरहेको जानकारी गराउनुभएको हो । सो बिषयको ४ बर्षे कोर्ष सेमेष्टर प्रणालीमा हुनेछ ।

८ सेमेष्टरमा पुरा गर्न सकिने BICTE अध्ययनका लागि एक सेमेष्टरमा ३५ हजार शुल्क लाग्ने सुवेदीले बताउनुभयो । कक्षा ११ र १२ मा जुनसुकै बिषयबाट पनि २.०१ जिपिए ल्याएका बिद्याथीहरुले यो बिषय पढ्न पाउने छन ।

अहिले सम्म १२ जना बिद्यार्थीहरुले निवेदन दिएका छन भने जम्मा कोटा ३५ जनाको रहेको छ । यो बिषयमा स्नातक तह उतिर्ण गरेपछि तुरुन्तै स्वरोजगार बन्न सकिने सुवेदीले बताउनुभयो । फागुन १८ गतेदेखि कक्षा संचालन गर्ने टि.यु.को निर्देशन अनुसार फागुन १० गते सम्म भर्ना भइसक्नु पर्ने छ । त्यसपछि १५ गते सम्म डबल दस्तुर तिरेर पनि भर्ना हुन सकिने सुवेदीले बताउनुभयो ।

त्यस्तै क्याम्पसले वि.एड साइन्स पनि अध्यापन गर्ने सम्वन्धन पाएको छ । बार्षिक प्रणालीमा आधारित स्नातक तहको विज्ञान शिक्षा बिषयको अध्ययन जिल्लाको लागि आवश्यक रहेको सहायक क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो ।

हाल जिल्लाका मावि बिद्यालयहरुमा बिज्ञान शिक्षकको निकै आवश्यकता रहेकाले यो बिषयबाट स्नातक उतिर्ण गरेका बिद्यार्थीहरु वेरोजगार हुन नपर्ने सुवेदीको भनाई छ । क्याम्पसले आर्थिक अबस्था कमजोर भएका जहेन्दार बिद्यार्थीहरुका लागि होस्टेलको पनि ब्यबस्था गरको छ ।
मासिक ६ सय तिरेर बस्न पाइने होस्टेलमा खानाको ब्यबस्था भने बिद्यार्थी आफैले गर्नुपर्ने हुन्छ ।

२०७६ सालमा गुणस्तरको मान्यता क्युएए प्राप्त गरेको क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म करिव १३५० जना बिद्यार्थीहरु अध्ययनरत छन ।

You can share this post!

स्वास्थ्य कार्यालय म्याग्दी प्रदेश मातहतका कार्यालयमध्ये उत्कृष्ट

जलजलामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

Related posts