‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण

म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो ।

डिजिटल मिडियाको युग भएपनि छापा संचारमाध्यमको महत्वलाई स्थापित गर्न र म्याग्दीवासीलाई सत्य, तथ्य,निष्पक्ष र सन्तुलित समाचारका लागि पत्रिका प्रकाशन गरिएको विश्वकर्माले बताउनुभयो । छापा संचारमाध्यम संचालन गर्न चुनौती भएपनि आफू यहि पेशामा एकदशक भन्दा बढी विताएकाले यसैले थप परिस्कृत गर्न चाहेको उहाँको भनाई थियो ।

पत्रिकाको लोकापर्ण गर्नुहुँदै प्रमुख केसीले जिल्लाको पर्यटन,पूर्वाधार,सामाजिक र राजनीतिक विकासका लागि जिल्लाका संचारमाध्यमहरुको सकरात्मक भूमिका रहेको बताउनुभयो । पत्रकारिता क्षेत्रमा धेरै चुनौती र संभावना रहेको बताउँदै प्रमुख केसीले भन्नुभयो ‘पत्रकारितलाई निष्पक्ष,स्वतन्त्र र सन्तुलित बनाउँदै आफ्नो नैतिकता बचाउनु पर्दछ ।’

पत्रिकाको निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नुहुँदै जिसस प्रमुख केसीले नयाँ पत्रिकाले संचारमाध्यमको विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गर्नुभएको । कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र सचिव सन्तोष गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पत्रिकाका कार्यकारी सम्पादक ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाशक विश्वकर्माले गर्नुभएको थियो । लोकापर्ण कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

You can share this post!

गाउँमा विदेशी फल फलाउदै छन्त्याल

म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन कार्यक्रम

Related posts