बेनीमा पिपलको हाँगा काट्ने क्रममा खसेर पुनको मृत्यु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ७ बिरेन्द्रचोकमा रहेको पिपलको रुखबाट खसेर १ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो पिपलको हाँगा काट्ने क्रममा रुखबाट खसेर मालिका गाउँपालिका २ रुम घर भई हाल जलजला ३ पारिवेनी बस्ने अन्दाजी ४२–४३ बर्षका थाम बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले बताउनुभयो ।

रुखबाट खसेर गम्भिर घाइते भएका पुनलाई तत्कालै उपचारका लागि बेनी अस्पताल पु¥याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिरेन्द्रचोकको चौतारीमा रहेको पिपलको रुख बुढो भएपछि कुहिएका हाँगाहरु खसेर दुर्घटना हुन सक्ने भन्दै टोल बिकास समितिले हाँगा काट्नका लागि नगरपालिकालाई अनुरोध गरेको थियो ।

टोल बिकास समितिको अनुरोध अनुसार बन कार्यालय, मंगलघाट रेन्जपोष्टका बन प्राविधिकहरुले अवलोकन गरि पिपलको स्वरुप नविग्रने गरि पछिल्लो भागको हाँगा काट्न अनुमति दिएका थिए ।

रेन्जपोष्टले २०७४ सालमा उक्त पिपलको हाँगा काट्न भनि वडालाई पत्राचार पनि गरेको थियो । नगर क्षेत्रभित्र बुढो भएका र घर वरपर जोखिम हुन सक्ने रुखहरुको हाँगा काट्ने सम्वन्धमा यसअघिनै नगरपालिकाले निर्णय गरेको थियो ।

सोही निर्णयलाई मध्यनजर गर्दै स्थानीय पहल बहादुर खत्रीले उक्त पिपलको हाँगा काट्ने जिम्मेवारी लिनुभएको थियो ।

You can share this post!

सामाजिक विकास कार्यालयद्धारा युथक्लबलाई खेलकुद सामाग्री सहयोग

धौलागिरीको आफ्नै लगानीमा एम्वुलेन्स सेवा

Related posts