प्रधानमन्त्री निस्किएलगत्तै ओली भेट्न पुगे प्रचण्ड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् ।

एमसीसीबारे छलफल गर्न विहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

You can share this post!

माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

 गुप्तेश्वर क्याम्पसमा बिदाई कार्यक्रम

Related posts