२० बर्षिया महिला २५ दिनदेखि बेपत्ता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाकी एक महिला विगत २५ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । गत माघ २० गते सदरमुकाम बेनीमा उपचारका लागि जाने भन्दै घरबाट निस्किएकी २९ बर्षिया रिया पुन चोखाल सम्पर्कमा नरहेको परिवारले जनाएको छ ।

बेनीबजार गएपछि उतैबाट सम्पर्कविहिन भएकी श्रीमतीको खोजीकार्यमा लागि प्रहरीमा समेत निवेदन दिएको श्रीमान रमेश चोखालले बताउनुभयो । ‘बेपत्ता भएपछि खोजी गरेको छु,‘मलाई नै गायब बनाएको भन्दै तनाव दिएका छन, जहाँ भएपनि सम्पर्कमा मात्रै आए हुन्छ’ चोखालले भन्नुभयो ।

सवारीसाधनमा सहचालक रहेको चोखालले गाउँबाट घरमा आउँदा श्रीमती एक्कासी गायब भएपछि खोजीकार्यमा सहयोग गर्न अपिल सहित प्रहरीमा निवेदन दिएको बताउनुभयो ।

घरमा १० बर्षिया छोरी र ८ बर्षको छोरा छन् । हराएको करिब करिब एक महिना बितिसक्दा पनि अहिलेसम्म कुनै जानकारी नभएको र प्रहरीबाट समेत खवर नआएको चोखालले बताउनुभयो ।

यता स्थानीय शिवालय आधारभुत विद्यालयमा सहायक विद्यालय कर्मचारी पदमा कार्यरत रिया विना सुचना विद्यालयमा अनुपस्थित भएकाले काममा बाधा परेको भन्दै फागुन २० गतेभित्र हाजिरी हुन अनुरोध सहितको सूचना सार्वजनिक गरेको विद्यालयका प्रधानाध्यापक खड्गबहादुर पुनले जानकारी दिनुभयो ।

पहिलो र दोस्रोपटक जारी गरेको सूचनाको मिति गुज्रिएमा अर्को कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाउने जनाइएको छ ।

 

 

You can share this post!

प्रकाश माविको एक विद्यार्थी माथि शिक्षकको निर्घात कुटाई

नगरपालिकामा श्रम डेस्क स्थापना गर्न क्युपेकको माग

Related posts