स्वास्थ्य सेवा पुरस्कारबाट डाक्टर कँडेल पुरस्कृत

म्याग्दी १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार बेनी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा जितेन्द्र कँडेललाई प्रदान गरेको छ । २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डा कँडेललाई पुरस्कृत गरिएको हो ।

पुरस्कारको एक लाख रुपैयाँ राशीको रहेको छ । डाक्टर कँडेल हाल बेनी अस्पतालमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खटिवडाले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

डाक्टर कँडेलले मुगुमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि स्वास्थ्यखबर हेल्थ अवार्ड समेत पाउनुभएको थियो । यसैगरी, ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेललाई प्रदान गरिएको छ।

यस्तै, दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइएको छ। सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ रहेका छन्।

यसैगरी, डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक थासाङ गाँउपालिका मुस्ताङमा कार्यरत कर्मचारी पनि सम्मानित भएका छन्।

You can share this post!

नगरपालिकामा श्रम डेस्क स्थापना गर्न क्युपेकको माग

लोकमार्गले रोकियो निसीखोलामा बसाइँसराइ

Related posts